डडेल्धुराको नवदुर्गा गाउँपालिकामा पहिलोपटक आँखा उपचार केन्द्र स्थापना

डडेल्धुरा, ९ फागुन २०७९

डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं २ मणिलेकमा पहिलोपटक आँखा उपचार केन्द्रको स्थापना भएको छ।

नवदुर्गा गाउँपालिका एवं च्यारिटी हेल्थ फाउन्डेसन नेपाल धनगढीको संयुक्त सहयोगमा उक्त उपचार केन्द्रको स्थापना भएको हो।‌‌‌‌

आज एक औपचारिक रुपमा नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी तथा च्यारिटी हेल्थ फाउन्डेसन नेपाल धन गढीका कार्यसमिति सदस्य दीर्घराज उपाध्यायबाट उद्घाटन भएको हो।

गाउँपालिकामा पहिलो पटक आँखाको उपचार हुने भएपछि स्थानीय बासिन्दाहरुले खुशी व्यक्त गरेको अध्यक्ष अवस्थीले जानकारी दिनुभयो।

X